वालिङ । यहाँका रक्त क्यान्सरपीडित एक युवाका लागि सङ्कलन गरिएको रकम हस्तान्तरण गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१० पण्डित थोकका १८ वर्षीय युवक शिशिर पङ्गेनीको उपचारका लागि अभियान नै सञ्चालन गरी सङ्कलन भएको रकम बिरामीको परिवारलाई आइतबार उपलब्ध गराइएको हो ।
क्यान्सरपीडित पङ्गेनीको उपचारका लागि आर्थिक अवस्था कमजोर भएसँगै उनको जीवन रक्षाका लागि ‘शिशिर पङ्गेनी बचाऔँ अभियान’ नै सञ्चालन गरेर रु आठ लाख ७४ हजार आठ सय ५६ को चेक परिवारलाई हस्तान्तरण गरिएको स्थानीय एवं अभियानका सदस्य दीपक सुवेदीले बताए ।
वालिङस्थित लक्ष्मी बैंकमा अभियानको नाममा खाता सञ्चालन गरी सङ्कलन भएको सबै रकम परिवारलाई हस्तान्तरण गरी खाता बन्द गरिएको उनले बताए । शिशिरको विगत तीन महिनादेखि काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
अब केही दिनमा बोनम्यारो ट्रान्सप्लान्ट गर्ने तयारी भइरहेको बुवा राम पङ्गेनीले बताए । उनले छोराको उपचारमा सहयोग गर्नका लागि विभिन्न व्यक्ति, समूह तथा संस्थाले अभियान नै सञ्चालन गरेर ठूलोमात्रामा रकम जुटाएर सहयोग गर्नुभएकामा सबैप्रति आभार व्यक्त गरेका छन ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







