कास्की ३ (ख) मा एमालेबाट राजिव पहारी एकल सिफारिस

-

विश्वास खेर जान दिने छैन : पहारी


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित




पोखरा । नेकपा एमालेले कास्की क्षेत्र नं. ३ (ख) बाट पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद राजिव पहारीको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको आइतवार वसेको बैठकले कास्की जिल्ला प्रतिनिधि सभा ३ अन्तर्गत प्रदेश सभा (ख) का लागि पहारीको नाम एकल सर्वसम्मत सिफारिस गरेको हो ।

राष्ट्रिय युवा संघ नेपालका पूर्वअध्यक्ष समेत रहनुभएका पहारीले पाँच वर्ष अघिको निर्वाचनमा सो क्षेत्रबाट भारी मतका साथ विजयी हाँसिल गर्नुभएको थियो । सोही क्षेत्रबाट फेरीपनि आफ्नों नाम सिफारिस भएपछि पहारीले पार्टीले आफुप्रति गरेको विश्वासलाई खेर जान नदिने बताएका छन् । ‘पार्टीले म प्रति यति ठूलो विश्वास गरेको छ, अब यसलाई फेरी प्रमाणित गरेर देखाउनुपर्ने दिन आएको छ’–पहारीले भन्नुभयो ।

सो क्षेत्रका जनताहरुले पहारीलाई विकास प्रेमी नेताका रुपमा चित्रण गर्ने गर्दछन् । पाँच वर्षे कार्यकालमा आफ्नों क्षेत्रमा थुप्र्रै विकासे कामहरु भएको बताउँदै तिनै कामहरु फेरी चुनाव जित्ने बलियो आधार भएको पहारीको भनाई छ ।

पहारीको पाँच वर्षे कार्यकालमा सो क्षेत्रमा पामेको खहरेखोला पुल, फुस्रेखोला पुल, घाँटीछिना–ओखलढुङ्गा पिच, अँधेरीखोला व्यवस्थापन, लौरुक लिफ्टीङ खानेपानी, मजुवा लिफ्टीङ खानेपानी, घान्द्रुक–लान्दु्रक पिच, छोम्रोङ फुट्रयाक, फेवाताल फुट्रयाक, लेकसाइड अस्फाल्ट पिच, विभिन्न समुदायका सामुदायिक भवन, विद्यालयहरुमा युरोगार्ड वितरण, कोभिडमा राहत वितरण, न्यानो कपडा वितरण लगायतका उदाहरणिय कार्य भएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।