पोखराबाट लागू औषध सहित दुई जना पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । कास्की प्रहरीले २ जनालाई ठूलो परिणाममा लागुऔषध सहित पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा अमरसिंहचोकबाट उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका – १ का नगेन्द्र थापा (३१ )र बेनी – ७ का सुरेश घर्तिमगर (२१) को साथबाट डाईजापाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल, नुर्फिन ५६ एम्पुल गरी १६८ एम्पुल लागुऔषध बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि आगु औषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।