रुपाहिल दोहोरी साँझले वाषिकोत्सवमा राष्ट्रिय कलाकारहरुको जमघट गर्दै


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




पोखराको चिप्लेढुुङ्गास्थित रुपाहिल दोहोरी साँझले तेस्रो वार्षिकोत्सव मनाउँदैछ ।

सोमबारदेखि शुक्रबारसम्म राष्ट्रिय कलाकारहरुसहितको सांगीतिक माहौलसँगै वार्षिकोत्सव मनाउने तमु कलाकार संघ गण्डकीका अध्यक्ष समेत रहेका गायक सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार ५ दिनसम्म सञ्चालन हुने सो साँस्कृतिक कार्यक्रम बेलुकी ७ बजेदेखि राती १ बजेसम्म सञ्चालन हुनेछ । सांगीतिक साँझमा २० गते भागिरथ चलाउने, २१ गते श्याम राना, २२ गते प्रिती आले र डान्सर शेखर घर्तिमगर, २३ गते शिला आलेमगर र

२४ गते चन्द्र शर्मालगायत सुरेन्द्र गुरुङ, अंसु गुरुङलगायत रुपाहिल दोहोरी साँझका नियमित कलाकारहरुको बेजोड प्रस्तुती रहने दोहोरी साँझका सञ्चालक अमृत गुरुङले जानकारी दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।