पोखरा जेसीजद्धारा विभूतिपार्कमा वृक्षारोपण र सरसफाई


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




पोखरा जेसीजद्धारा विभूतिपार्कमा वृक्षारोपण तथा सरसफाई गरेको छ ।

पोखरा जेसीजले ‘जेसीज सप्ताह–२०२२’ अन्तर्गत सोमबार पोखरा महानगरपालिका–१८ स्थित राष्ट्रिय विभूतिपार्कमा वृक्षारोपण तथा सरसफाई गरेको हो ।

पार्कको सुन्दरता एवं स्वच्छ वातावरण निर्माणमा योगदान दिने उद्देश्यले पार्कमा पिपल, कपुर, बेलपत्र लगायतका ५० वटा विरुवा रोपेको अध्यक्ष मीनराज खड्काले जानकारी दिएका छन् । पार्कमा सरसफाई गरिएको र १० वटा डस्बीन समेत राखिएको उनले बताए ।

यस्तै, तेस्रो दिन आइतबार पोखरा महानगरपालिका–२३ स्थित फेवा आधारभूत विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको कार्यकारिणी उपाध्यक्ष एवं संयोजक कुशल पौडेलले जानकारी दिएका छन् ।

जेसीज सप्ताहको पाँचौ दिन आज (मंगलबार) रुपा गाउँपालिका कृषि शाखाको समन्वयमा रुपा गाउँपालिका–२ का स्थानीय कृषकहरुलाई कृषिसम्बन्धी परामर्श तथा सचेतना कार्यक्रमको आयोजना गरिने अध्यक्ष खड्काले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।