नेपाली काँग्रेसले तनहुँ क्षेत्र नम्बर १ बाट संघीय निर्वाचनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै केन्द्रीय सदस्यहरु शंकर भण्डारी र गोविन्द भट्टराईको नाम सिफारिस गरेको छ ।
हालै बसेको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ ३ जनाको नाम वरिष्ठताका आधारमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको तनहुँ काँग्रेस श्रोतले बताएको छ ।
बैठकले समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि रामचन्द्र पोखरेल, नेतृ मीरा जोशी तथा यमुना खड्का वि.क.को नाम सिफारिस गरेको छ ।
काँग्रेस श्रोतका अनुसार क्षेत्रबाट जिल्लामा प्राप्त सिफारिसकै आधारमा तनहुँका २ वटै क्षेत्रको नाम केन्द्रमा सिफारिस हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







