शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका २ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।
मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ ।
बागलुङ क्षेत्र नम्बर–१ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको सो बागलुङ माओवादी केन्द्र श्रोतले बताएको छ ।
यस्तै, बागलुङ क्षेत्र नम्बर–२ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभाका सदस्यहरूको नाम सिफारिस गर्न छलफल भइरहे छ। बागलुङमा २ प्रतिनिधिसभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







