नेकपा एमाले नवलपुरले आगामी संघीय र प्रदेश निर्वाचनका लागि उमेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ ।
यसअघि, नवलपुर–२ संघतर्फ प्रत्यक्षमा सांसद तिलक महतको एकल नाम सिफारिस गरेको छ ।
समानुपातिकतर्फ भने ज्ञानबहादुर बोटे, सुरजकुमार कहार र दानकुमारी पाण्डेको नाम सिफारिस गरेको छ ।
त्यसैगरी, नवलपुर प्रतिनिधिसभा–१ मा प्रत्यक्ष र समानुपातिक गरी ६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ कृष्ण पौडेल, रवीन्द्र अधिकारी र नारायणप्रसाद तिमिल्सिना तथा समानुपातिकतर्फ दीपक अधिकारी, सुनिता खातुन र रेखा पौडेलको नाम सिफारिस गरेको छ ।
संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर–२ मा २९ जनाको नाम सिफारिसमा परेको छ । संघ र २ वटा प्रदेश क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिक गरी २९ जनाको नाम सिफारिस गरेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
प्रदेशसभातर्फ २ को ‘क’ मा प्रत्यक्षमा सूर्यप्रसाद पाण्डे, पद्मा जिसी श्रेष्ठ र मोहदत्त अधिकारीको नाम सिफारिस गरेको छ ।
समानुपातिक ‘क’ मा लीला पोखे्रल थनेत, युक्तप्रसाद गौडेल, नेत्रबहादुर विश्वकर्मा, चिन्तामणि महतो चौधरी, पूर्णप्रकाश सुनार, सरस्वती पन्थी, प्रेमशंकर मर्दनिया, बालप्रसाद ठाडामगरको नाम सिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र नं २ को ‘ख’ मा प्रत्यक्षतर्फ लक्ष्मणबहादुर पाण्डे, पदमराज लम्साल, कर्णबहादुर सुनारी, बाबुराम पाण्डे, रामप्रसाद
आचार्य तथा समानुपातिकतर्फ दीपक विश्वकर्मा, सागर लुइँटेल, जोगमाया महतो, लक्ष्मी सुनार, रन्नता काफ्ले, राधा ढकाल, सरिता शर्मा भट्टराई, सुनिता गहतराज सुनार र केवलबहादुर पाल्पालीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । उमेरवार बन्न आकांक्षा देखाउनेको नामावली संकलन गरी आएका सबै नाम जिल्लालाई सिफारिस गरेको हो ।
संघ र प्रदेशको निर्वाचनका लागि नवलपुर–१ तर्फ ३१ जनाको नाम सिफारिस गरेको छ । दलदलेमा सम्पन्न उमेदवार सिफारिस बैठकमा प्रतिनिधिसभा–१, प्रदेश सभा–१ को ‘क’ र ‘ख’ तर्फ ३१ जनाले उमेदवारको आकांक्षा प्रकट गरी नाम दर्ता गराएका हुन् । सोहीअनुसार संकलित नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
प्रदेशसभा–१ को ‘क’ तर्फ षडानन्द लामिछाने, यमुनाथ आचार्य, गोपेन्द्रकेशरी न्यौपाने, पदमलाल पौडेल र शिवहरि अधिकरीको नाम सिफारिस गरेको छ । समानुपातिकमा टंक माकिम, देउकला बराल, यदुनाथ सिग्देल, हरिबहादुर विक बराली, इन्द्रबहादुर कुमाल छन् ।
निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ होमनाथ जैसी, टंकनाथ गिरी, रोशनबहादुर गाहा, रामप्रसाद मरासिनी, मुक्तिराम पाण्डे र कल्पना भण्डारीको नाम सिफारिस गरेको छ । समानुपातिकमा राजेश सुनाम, सीताकुमारी न्यौपाने खड्का, गोमाकुमारी नेपाली, नेत्रनारायण थनेत, टंकमणि शर्मा, लालबहादुर नेपाली, सीता पंगेनी, कृष्णबहादुर सार्की र युवराज वाग्ले छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







