कास्कीको नयाँ सीडीओमा टेकबहादुर केसी, जयनारायण ललितपुर पुगे


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित




अब, कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई आउँदैछन् ।

त्यस्तै, कास्कीका सीडीओ जयनारायण आचार्य ललितपुरको प्रमुख जिल्ला अधिकारी बनेर जाँदैछन् ।

गृह मन्त्रालयले राजधानी काठाण्डौं उपत्यकालगायत महत्वपूर्ण जिल्लाका प्रजिअको सरुवा गरेको हो ।

गृह मन्त्रालयले काठमाडौँ उपत्यकासहित दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

त्यस्तै, गृहमन्त्रालय स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्याय जाँदैछन् ।

काठमाडौँका प्रजिअ गोविन्द रिजालको गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएको छ ।

यसैगरी, जुम्लाकी प्रजिअ विजयाकुमारी प्रसाई मन्त्रालय गृह मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरी पठाइएका छन् ।

मन्त्रालय स्रोतका अनुसार दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।

यस्तै, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई ईलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई गृहमन्त्रालय र पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

यसैगरी, संखुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई संखुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।