डन चक्रे मिलन गोरखा–२ को एमालेबाट उमेदवार सिफारिस


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित




चक्रे मिलनको नामले परिचित मिलन गुरुङलाई नेकपा एमालेले प्रतिनिधिसभाको सदस्यका लागि सिफारिस गरेको छ ।

उनलाई एमालेले गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।

एमाले क्षेत्रीय कमिटीले गुरुङसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको छ ।

चक्रे विवादास्पद गतिविधिमा संलग्न रहँदै आएका थिए । उनी पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । चक्रे केही समयदेखि गोरखामा सक्रिय छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।