लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छन् ।
ट्रसले मंगलबार महारानी एलिजाबेथ द्वितीयसँग स्कटल्यान्डको बालमोरल कासलमा भेट गरेकी छन् ।
महारानी एलिजाबेथले ४७ वर्षीया ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यसअघि, बोरिस जोनसनले महारानीसँग भेटेर आफ्नो पदबाट राजीनामा दिएका थिए ।
ट्रसलाई सोमवार कन्जर्भेटिभ पार्टीले आफ्नो नयाँ नेता चयन गरेको थियो । ट्रसलाई ८१,३२६ भोट मिल्यो । अर्कातिर भारतीय मूलका भनिएका ऋषि सुनकलाई ६०,३९९ भोट मिल्यो ।
सोमवार उनले आफूसँग कर घटाउने खास योजना रहेको बताएकी थिइन् । उनले सन २०२४ मा हुने चुनावमा लेबर पार्टीलाई हराउने पनि घोषणा गरेकी थिइन् ।
सीएनएन
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







