म्याङुलुङ । तेह्रथुमको लालीगुराँस नगरपालिका–५ की अम्बिका बस्नेतले छ रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन । उनको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । तरकारी उत्पादनबाट मात्रै यस वर्ष रु पाँच लाख आम्दानी लिने लक्ष्य उनले लिएका छन । उनले मकैखेतीबाट घर व्यवहार चलाउन धौधौ परेपछि तरकारी खेती रोजेका हुन ।
त्यसमा पनि उनले राम्रो आम्दानी गर्न सकिने भएकाले आफ्नो बारीमा बन्दाकोबी लगाएका छन । उनले यस वर्ष रु छ लाख आम्दानी गर्ने लक्ष्य लिएका छन । अर्का किसान पृथ्वीबहादुर भट्टराई विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएका छन ।
भट्टराईले तरकारी बिक्रीबाट मात्रै वार्षिक रु पाँच लाख बढी आम्दानी लिँदै आएका छन । उनका लागि आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ । बस्नेत र भट्टराईजस्तै यनका किसानले तरकारी खेतीबाटै वार्षिक लाखौँ आम्दानी लिँदै आएका छन् ।
यहाँका किसानले एक रोपनीदेखि २० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । समय–समयमा बन्दामा लाग्ने रोग किराको प्रकोपले किसानलाई सताउने गरेको छ । बारीमा रोपेको केही समयपछि लाग्ने पात तथा डाँठ कुहिने रोगले प्रत्येक वर्ष किसान हैरान छन् ।
यस क्षेत्रमा सधैँ मल बीउको भने समस्या हुँदै आएको किसान उमेश खड्काको भनाइ छ । सरकारले धनकुटाको छथर जोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, तेह्रथुमको लालीगुराँस र म्याङलुङ नगरपालिका तथा छथर गाउँपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकालाई तरकारीको जोन क्षेत्र भन्ने गरेको छ ।
समयमै मल र बीउ नपाउँदा हैरानी व्यहोर्नुपरेको खड्काको दुःखेसो छ । यो क्षेत्रमा काउली, बन्दा, मुला, गाँजर, आलु, मोटरकोसालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको तरकारी पूर्वी तराईका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानमा निर्यात हुँदै आएको छ ।
यस क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी भारतीय बजार सिलगुढी र कोलकतासम्म पुग्ने गरेको छ । तेह्रथुमको वसन्तपुर, सुङनाम, फुलेक, हमरजुङ, आङदिम, सङ्खुवासभाको तामाफोक र धनकुटाको मूर्तिढुङ्गा, मारेककटहरे, परेवादिन, सान्ने, पाख्रीबास, भिरगाउँ, तेलियालगायतका सडक दायाँबायाँ गाउँका किसानले उत्पादन गरेको बन्दा बारीबाट काटेको दिन नै भारतीय बजारमा पुग्ने गरेको सिंधुवा बजारस्थित कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए ।
तेह्रथुमसहित धनकुटा र सङ«खुवासभाका ३० हजार बढी किसान व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् । गुरुङका अनुसार बन्दाको खेतीमा लागेका किसानको सङ्ख्या पनि १५ हजार नाघेको छ ।
परम्परागत अन्नबालीबाट राम्रो आम्दानी नभएपछि तरकारी खेती रोजेका यहाँका किसानको आर्थिक स्रोत नै तरकारी खेती बन्दै आएको छ । गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै तरकारी खेती पनि फस्टाएको छ भने किसानलाई बजारसम्म पु¥याउन पनि सहज भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







