पोखरा । पोखरा ६ का ६४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जाको निस्सा वितरणगरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र उप प्रमुख मन्जुदेबी गुरुड।ले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरणगरेका हुन् ।
प्रमुख अतिथि महानगर प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्राप्त गरेको निस्सालालपुर्जाअघिको लालपुर्जा नै भएको बताए । ‘यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडिको लालपुर्जा नै हो,’ उनले भने, ‘यो निस्सा नपाउनेले लालपुर्जा पाउदैनन् ।’ उनले लालपुर्जा वितरण प्रक्रियामा रहेको र छिट्टै वितरण गरिने आश्वासन दिए ।
उप प्रमुख मन्जुदेबीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हाल बसिरहेको स्थानमा कुनै समस्या नभएसोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने बताइन् ।
राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै महत्वमाथि खेलबाड नगर्न सचेत गराए । भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए ।
पोखरा ६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले वडामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीकोसमस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता गरे । भट्टराईले सुकुम्बासीलाईफेवाताल आसपासमा नभई छिमेकी वडामा ब्यवश्थापन गरिने बताए । उनले पोखरा ६ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथाअव्यवस्थित बसोबासीको संख्या कुल ६९ रहेकोमा प्राबिधिक कारणवश ५ जनाको मात्र बांकि रहेको जानकारी दिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







