एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधिसभामा सिफारिस


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित




नेकपा एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधि सभा निवार्चनका लागी सिफारिस भएका छन् ।

आउदो मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठीलाई प्रतिनिधि सभाको निवार्चनका लागि एमाले कास्कीले सिफारिस गरेको हो ।

प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका त्रिपाठी सहित ९ जनाको नाम नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।

विद्यार्थी राजनीतिमा समाहित त्रिपाठी भारतीय नाकावन्दीको वेला ‘लिफ्ट दिउँ, लिफट् लिउँ’ अभियान संचालन गरेर चर्चामा आएका थिए ।

अनेरास्वियुको इतिहासमा विद्यार्थीहको हकहितका लागि अनेरास्वियु प्रगतिशिल छात्रावृत्ति अक्षयकोषका परिकल्पनाकार समेत हुन् । विद्यार्थी राजनीतिमा उमेर हद लागू गर्नुपर्ने भन्दै उनले विद्यार्थी राजनीतिवाट राजीनामा दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।