एनआरएनए एकेडेमीले नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको हो ।
एनआरएनएले दिएको ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो ।
वर्षाका कारण ढिला सुरु भएको खेल ६ ओभरमा झारिएको थियो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक १२ रन बनाए भने राजु रिजालले ११ रन जोडे । यता एनआरएनएका लागि आशिष पोखरेल र दिपक क्षेत्रीले ३/३ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनएले ६ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको थियो । एनआरएनएका लागि सागर पुनले अविजित ४६ रन बनाए । कप्तान सुनाम गौतमले २४ रन बनाए ।
यता सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले २/२ विकेट लिए । जितसँगै एनआरएनएले पहिलो खेलमै २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत मूलपानी क्रिकेट मैदानमा तय भएको दुबै खेल रद्द भएको थियो । यता, त्रिवि क्रिकेट मैदानमा हुने भनिएको दोस्रो खेलपनि टस नगरिकनै सकिएको थियो ।
प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय १ एनआरएनएको टोली गरी ११ टोलीको सहभागिता छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







