साफ यु–१७: नेपाल सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित




साफ १७ वर्षमुनिको च्याम्पियनसीप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

श्रीलंकामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।

कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले १/१ गोल गरे । भुटानका जेत्सुन दोर्जीले १ गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। सिमान्तले खेलको ५७ औँ मिनेटमा गोल थपे ।

खेलको ६८ औँ मिनेटमा भुटानका दोर्जीले १ गोल फर्काए पनि त्यसपछि गोल थप्न नसक्दा पराजित भयो। जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । लगातार २ खेल हारेको भुटान प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि, भुटान भारतसँग ३–० गोलले पराजित भएको थियो ।

अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेल भोलि भारतसँग खेल्नेछ। यो खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।