श्रीलंकामा जारी साफ यु–१७ च्याम्पियनसीप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आज नेपाल भारतलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा रहने छ । तर, भारतलाई हराउन नेपाललाई सहज भने छैन । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ ।
समूह ’बी’ मा रहेको नेपाल र भारत यसअघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा छ ।
नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो । भारतले पनि भुटानलाई ३–० ले हराएको थियो । दुबै खेलमा हार व्यहोरेको भुटान बाहिरिसकेको छ ।
यु–१७ अन्तर्गत नै शुक्रबार हुने दोस्रो खेलमा श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष २ ले सेमिफाइनलमा स्थान बनाउने छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







