पोखराका अग्रज चिकित्सक डा कुमार समसेर राणाको निधन


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित




पोखरा । पोखराका अग्रज चिकित्सक डा।कुमार समसेर राणाको निधन भएको छ । ८५ बर्षिय राणाको शुक्रवार बिहान ७.१० बजे निधन भएको उपचारमा संलग्न चिकित्सक कन्सल्ट्यान्ट फिजिसियन डा. बुद्दिबहादुर थापाले जानकारी दिएका छन् । ५ दिन अघि अस्वस्थ भई फेवासिटी अस्पताल भर्ना भएका थिए ।

उच्च रक्तचाप, मधुमेह र दमका बिरामी डा।कुमार समसेरलाई पछिल्लो पटक निमोनियाले सताए पछि स्थानीय फेवासिटी हस्पिटलमा उपचारकोलागि भर्ना गरिएको थियो ।डा।राणा पोखराका पुराना चिकित्सक हुन् । पोखराको स्वास्थ्य क्षेत्रको उन्नयनमा उनको महत्वपूर्ण योगदान छ । अघिल्लो पुस्ताले उनलाई पोखराको ‘फादर अफ एलोपेथिक मेडिसिनको’ रुपमा चिन्ने डा.थापाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।