काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिए । उनका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ ।
बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । उपत्यकामा खण्डितरूपमा कतिपय स्थानमा भारी वर्षा पनि भएको छ । सिंहदरबार, माइतीघर, पुतलीसडक, रत्नपार्क, त्रिपुरेश्वरलगायत क्षेत्रमा बढी वर्षा भएको जनाइएको छ । देशभरको वर्षा र तापक्रमको विवरण महाशाखाले हरेक दिन बिहान र बेलुका सार्वजनिक गर्ने गरेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






