नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०७९ मा प्रकाशित




पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २८ र २९ गते पोखरामा हुने भएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

संघ नेकपा (एमाले) को जनसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्र्तगतको एक महत्वपूर्ण घटक हो ।
सम्मेलन भव्यताका साथ सफल पार्न गत साउन १४ गतेको भेलाले बेदबहादुर गुरुङ ९श्याम०को संयोजकत्वमा १४१ सदस्यीय सम्मेलन आयोजक समिति, पोखरा गठन गरेको छ । संयोजक गुरुङका अनुसार सम्मेलन सम्पन्नार्थ १२ वटा उपसमितिहरुले तयारीलाई तीब्रता दिएका छन् ।

‘तमु जाति, भाषा र संस्कृतिः हाम्रो पहिचान, राष्ट्रको सम्पति’ नाराका साथ दुई दिन पोखरामा हुने दोस्रो राष्ट्रिय सम्मेलनको पहिलो दिन भदौ २८ गते बिहान ११ बजे मानवअधिकारचोक चिप्लेढुंगाबाट मौलिक भेषभुषा, झाँकीसहित बृहत ¥यालीसहित पोखरा सभागृहमा पुगी समुदघाटन समारोहमा परिणत हुने कार्यक्रम रहेको छ।

सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन एवम् सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा लामो समय तमु समुदायका लागि योगदान पु¥याएकोमा तमु अगुवा कर्म तमु, गोर्खा आन्दोलनको जिउँदो ईतिहास पदमबहादुर गुरुङ, पोखराका पूर्व उपमेयर क्या।मानबहादुर गुरुङलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

यस्तै, तमु समुदायको आदिकवि स्व। हर्कबहादुर गुरुङलाई तमु भाषा, साहित्य र जनचेतना अभिवृद्धिमा योगदान वापत मृत्यु पर्यन्त सम्मान गरिने संयोजक गुरुङले जानकारी दिए ।

सम्मेलनमा ५० जिल्ला र १६ वटा तमु संघ संस्थाबाट ६५० प्रतिनिधीहरुको सहभागिता रहनेछ भने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ । दोस्रो सम्मेलन पनि पोखरामै हुन लागेको हो ।


यसअघि, २०६३ असार २४ गते पोखरामा आयोजित ऐतिहासिक प्रथम राष्ट्रिय भेलाले तमु (गुरुङ) हरुको सशक्त, जुझारू संगठनको आवश्यकता महसुस गरी नेपाल लोकतान्त्रिक तमु संघको २०६३ मंसिर २७ र २८ गते पोखरामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

सम्मेलनले किरण गुरुङको अध्यक्षतामा केन्द्रिय समिति गठन गरी ४० वटा जिल्लाहरुमा जिल्ला समिति गठन गरी क्रियाशिल रहँदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।