जुना थापा , पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले मावि, निमावि र प्रावि तहमा बढुवा भएका कास्कीका शिक्षकहरुलाई बधाई तथा सम्मान गरेको छ।
मावि प्रथम श्रेणीमा बढुवा भएका बिन्दबासिनी माविका खिमलाल अधिकारी, छोरेपाटन माविका मनोजकुमार शर्मा, निमावि द्वितीयमा बढुवा भएका अमरसिंह माविका मुक्तिनाथ आचार्य, प्रावि प्रथममा जनचेतन माविका यज्ञप्रसाद पराजुली, प्रावि द्वितीयमा द्वय विजय आधारभूत विद्यालयका बलराम बराल, चण्डिका आधारभूत विद्यालयका संगिता शर्मालाई सम्मान पत्र , खादा र अबिर लगाई सम्मान गरेको छ।
त्यस्तै नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष तथा श्री महेन्द्र मावि पोखरा २० भलामका प्रधानाध्यापक बोधराज पौडेल पोखरा महानगर शिक्षा समितिमा मनोनित भएकामा पनि संगठनले पौडेललाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले महानगर शिक्षा समितिमा मनोनित भएका शिक्षक महासंघ कास्कीका अध्यक्ष पौडेल तथा बढुवा भएका शिक्षकहरुलाई बधाई दिँदै संगठनमा आबद्ध शिक्षकहरु कार्यक्षेत्र,नेतृत्व तथा व्यक्तिगत वृत्तिविकासमा सधैं अगाडि भएको र संगठनको गौरवका विषय भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेराशिसं राष्ट्रिय समितिका सचिव रामप्रसाद पोख्रेलले बढुवा भएका शिक्षकलाई सम्मानपत्रले सम्मान गर्दै आगामी दिनमा अझै उर्जाका साथ पेसागत विकासमा लाग्न प्रेरित गरे । त्यस्तै तृतीय श्रेणी भन्दा द्वितीय र प्रथम श्रेणीमा बढुवा भएका शिक्षकको कक्षाकोठाको सिकाइ सहजीकरण अब्बल हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारी, शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल, नेराशिसं पोखरा महानगर कमिटी अध्यक्ष विष्णुहरि त्रिपाठी, बढुवा शिक्षकहरुको तर्फबाट खिमलाल अधिकारीले मन्तव्य राखेका थिए ।
नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तीर्थराज ढकालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







