पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशका जडिवुटिको प्रशोधन गर्ने उद्योग स्थापना गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकीको शनिबार पोखरामा सम्पन्न भएको बार्षिक साधारण सभा तथा दोश्रो अधिवेसनको उद्घाटन गदैै मन्त्री बरालले गण्डकी प्रदेशमा जडिवुटिको अथाह सम्भावना भएकोले जडिवुटि प्रशोधन गर्ने उद्योग प्रदेशमा स्थापना गर्न व्यवसायीहरुलाई आग्रह गरेका हुन् ।
मन्त्री बरालले व्यवसायीहरुलाई उनले भने “ अब तपाईहरुले आयात गरिएको औधषिहरु मात्र बिक्रि गर्न पसल मात्र खोल्ने होइन, आफ्नो क्षेत्रमा भएका जडिवुटिको उचित ढंगले सदुपयोग गरी आफ्नै गाँउ ठाँउमा उद्योग स्थापना गर्नुपर्छ जसले हाम्रो अर्थतन्त्रलाई सहयोग पुर्याउनेछ । ” नेपाली संस्कारमा प्रयोग हुने कुसको महत्व धेरै भएको बताउदै मन्त्री बरालले कुसको बिषयमा अध्ययन गर्न विज्ञ टोलीको प्रदेश सरकारलाई खाँचो भएको उल्लेख गरे ।
व्यवसायीहरुले गुणस्तर, मुल्यमा एकरुपता, कर मैत्रि वातावरण बनाउन मन्त्री समक्ष माग गरेसंगै मन्त्री बरालले संघिय सरकारका कारण आफुहरुले चाहेर पनि कर स्थानिय र प्रदेशमा संकलन गर्न नसक्ने अबस्था रहेको बताए । औषधिको मुल्य र गुणस्तरिय बस्तुको नियमनमा अब राज्यको ध्यान जाने उनले बताए । मानव स्वास्थ्य माथि कसैले खेलवाड गरे उनीहरु माथी कार्रवाही हुने मन्त्री बरालले चेतावनी दिए ।
संघका केन्द्रिय अध्यक्ष जंगराज गिरीले व्यवसायीहरुले सदस्यता नविकरण गर्न अझै काठमाण्डौं जानुपर्ने जसका कारण एक हजारको कर तिर्न ३० हजारसम्म खर्च हुने गरेको गुनासो गरे । संघका निवर्तमान अध्यक्ष लोकेन्द्र चापागाईले नेपालमा जडिवुटिमा धेरै सम्भावना भएको दाबी गरेका छन् ।
संघ गण्डकीका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघ नवलपुरका अध्यक्ष गणेश आचार्य, संघ गण्डकीका सहसचिब बिष्णा शर्मा चापागाई लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





