गोरखा मिलन समाज पोखराको ईतिहासमा पहिलो पटक महिला नेतृत्व


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०७९ मा प्रकाशित




पोखरा । गोरखा मिलन समाज पोखराको अध्यक्षमा युवा व्यवसायी कोपिला श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार भएको २३ औं साधारणसभा तथा १२ औं अधिवेसनबाट कोपिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति छानिएको हो ।

समितिको उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिवमा सन्तबहादुर लामिछाने, सचिवमा शितल श्रेष्ठ, कोषाध्यक्षमा गीता खनाल र सहकोषाध्यक्षमा पुनम गुरुङ श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा बिकास नेपाली, काजिबाबु श्रेष्ठ (गाउँले), शेरबहादुर राना, धिराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दिपक भण्डारी, र अनुप पाण्डे चयन भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री माननीय हरिशरण अचार्यले समाजको हरेक गतिबिधी देखी कार्यक्रममा आउँदा आफ्नै पन महसुस हुने बताए । उनले गोरखा मिलन समाज सबैको साझा समाज भएकाले गोरखाबाट पोखरा आएर बस्ने सबै मानिसहरु यसमा आबद्धहुुनुपर्नेमा जोड दिए । उनले गोरखा जिल्लाको प्रबद्र्धन र विकासका लागि समाले खेलेको भूमीका अतुलनीय रहेको समेत बताए ।

समाजले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ भने विभिन्न सामाजिक काममा अग्रणी भुमिकामा छ । कपिल पोखरलेको नेतृत्वले गोरखाको खोप्लाङ्मा गरेको बृहत निःशुल्क स्वास्थ्य शिविर देखी हाल सम्म गरिएको कार्यक्रम समेत सभामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा छात्रबृत्तिका संस्थापक लक्ष्मण श्रेष्ठ, वयोबृद्ध सदस्य मेघनारायण श्रेष्ठ तथा पत्रकारीता मार्फत समाजलाई योगदान गरेको भन्दै पत्रकार सुबास अम्गाईलाई सम्मान गरिएको थियो भने आजीवन सदस्यहरु, तथा स्वर्ण सदस्यहरुलाई सदस्यता प्रमाणपत्र दिईएको थियो ।

नवनिर्वाचित अध्यक्ष कोपिला श्रेष्ठ आफ्नो प्रतिबद्धता मन्तब्य राख्दै समाजको समग्र हितको पक्षमा काम गर्ने बताए । उनले आफ्नो सासुआमा स्व. काशीमाया श्रेष्ठको नाममा रु एकलाख ५० हजार बराबरको अक्षकोष स्थापना गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष कपिल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन महासचिव अग्रिम श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष कोपिला श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।