सांकेतिक तस्बीर
कास्कीमा ट्रायल परीक्षा दिने २ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा–८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ भानु नगरपालिका ४ घर भई पोखरा–१७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाट पक्राउ हुन्।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते सञ्चालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा निर्मला पक्राउ परेकी हुन्।
उनी तनहुँको भानु नगरपालिका २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी बन्दा पक्राउ परेकी हुन्।
विकलाई परीक्षा दिन लगाउने पक्राउ परेका दुवै जनालाई शिक्षा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







