समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश इन्चार्जमा पौडेल


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित




जनता समाजवादी पार्टी निकट समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिको इन्चार्जमा झलक पौडेल चयन भएका छन्।

महासंघको शनिबार पोखरामा भएको प्रथम भेलाबाट इन्जार्जमा झलक पौडेल चयन भएका हुन्।

भेलाले इन्चार्ज पौडेलसहित २३ सदस्यीय प्रदेश समिति गठन गरेको हो।

जसको अध्यक्षमा भिमबहादुर मगराती चयन र विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार र मिठु परियार छन्।

समितिको सचिवमा रामजुलुङ शर्मा र सह–सचिवमा विरोध पौडेल छन्। कोषाध्यक्षमा हनु कुँवर र सह–कोषाध्यक्ष शर्मिला मगराती चयन छन्।

सदस्यहरुमा कुमार श्रेष्ठ, कुमार गुरुङ, मानबहादुर परियार, भुवन भट्टराई, राधिका धौलाकोट्टी, प्रेम लामा, वीरबहादुर परियार, गोपी परियार, गोपाल परियार, रेशमबहादुर गुरुङ, शिव कुँवर र कोपिला परियार छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।