एकीकृत समाजवादी कास्की अध्यक्षमा हमाल


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित




नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कास्की अध्यक्षमा खड्ग हमाल चयन भएका छन् ।

जिल्ला कमिटीको शनिबारको बैठकबाट हमाललाई अध्यक्ष चयन गरिएकोसचिव होम नेपालीले जानकारी दिएका छन्। हमाल यसअघि जिल्ला कमिटी उपाध्यक्ष थिए।

कार्यकारी राष्ट्रिय पद भएकाले पार्टीको प्रमुख पद नपाइने पार्टीको विधान अनुसार अध्यक्ष परिवर्तन गरिएको हो। जिल्ला कमिटी अध्यक्ष धनराज आचार्य गत स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका मेयरमा निर्वाचित भएपछि हमाललाई अध्यषमा उपसचिव पूर्ण लामालाई उपाध्यक्षमा चयन गरिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।