व्यवस्था परिवर्तन माओवादीको, रजाँई अरुको: शिक्षामन्त्री पौडेल


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित




शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाँई गरेको बताएका छन्।

उनले भने, ‘माओवादीले ल्याएको एजेण्डालाई अन्य पार्टी संस्थागत गर्न नसक्दा समस्या आएको हो।’

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको बैठकमा सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री पौडेलले यस्तो बताएका हुन्।

माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन समेत दिए।

उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले माओवादी उमेदवारले आगामी चुनावमा जित्नुपर्ने बताए।

उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताए। आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र सोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।