इराकमा हवाई आक्रमणमा ११ आईएस लडाकु मारिए


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित




पश्चिम र पूर्वी इराकमा भएका हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आइएस)का ११ लडाकु मारिएका इराकी सेनाले जनाएको छ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएका हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात ‘आतंककारी’को मृत्यु भएको र आतंककारी लुकेको एक स्थान ध्वस्त भएको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

इराकको पूर्वी प्रान्त दियालामा आइएस लुकेको स्थानलाई लक्षित गरी भएका २ वटा हवाई आक्रमणमा परी आतंककारी मारिएका बताइएको छ।

आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरूसँगको भिडन्तमा अर्को एक आइएस लडाकु मारिएका छन्। सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ नस्ट गरेको जनाएको छ।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।