३ असोजदेखि दमौलीमा तेस्रो संस्करणको ब्यास युवा कप सुरु


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित




तेस्रो संस्करणको ब्यास युवा कप असोज ३ देखि ११ गतेसम्म तनहुँमा हुने भएको छ।

ब्यास युवा क्लब (भिवाइसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मिनबहादुर गुरुङले बताएका हुन्।

यसअघि, यस प्रतियोगिता सेभेन ‘ए’ साइड फरम्याटमा सञ्चालन गरिँदै आएको अध्यक्ष गुरुङको भनाई छ। प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा, लम्जुङ र चितवन जिल्लाका ४२ टोलीको सहभागिता रहनेछ।

नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपियाँ र उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ।

यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र डिफेण्डरलाई जनही ५५ सय रुपैयाँ पुरस्कार छ । दमौलीको बीपी वनबाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक सहयोग गर्नेछ।

कूल १३ लाख रुपैयाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई ब्यास नगरपालिका, स्थानीय सहयोगी संघसंस्था र विदेशमा भएका क्लबका शुभचिन्तकको सहयोग रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।