मन्त्री थापा र जनप्रतिनिधिलाई कुँवर समाजको सम्मान


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका–८ स्थित कुँवर समाज समिति र भवानी आमा समुहले प्रदेश मन्त्री तथा वडा प्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ।

माननीय कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, पोखरा–८ का वडा अध्यक्ष रुद्रप्रसाद बराल र वडा सदस्य हिराकाजी श्रेष्ठलाई शनिबार स्वागत तथा सम्मान गरेको हो।

कुँवर समाज समितिका वरिष्ठ उपाध्यक्ष बसन्तबहादुर कुँवर र भवानी आमा समुहकी अध्यक्ष समीक्षा कुँवरले उनीहरुलाई सम्मान पत्र, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा सम्मानीत ब्यक्तित्व कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफू यहीँ वडाको बासिन्दा भएको नाताले पनि यहाँका समस्याबारे जानकार भएको बताउँदै निरन्तर सम्पर्कमा रहन आग्रह गरे। उनले पोखरा महानगरको मुटुमा भएरपनि ओझेलमा परेकोले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एनले समाजका अभियन्ताहरु ऋाफै जागरुक हुन अनुरोध समेत गरे।

वडा अध्यक्ष रुद्रप्रसाद बरालले यस वर्ष समाजको भवन मर्मतको लागि रकम छुट्टाएको बताउँदै केही रकम सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।

सम्मान कार्यक्रमका संयोजक कृष्ण कुँवर, भवानी आमा समुहकी निवर्तमान अध्यक्ष सीता कुँवर, कुँवर समाज समितिका प्रथम उपाध्यक्ष राजेश कुँवरले समाजमा भौतिक निर्माण तथा स्वरोजगारमूलक तालिमलगायतका कार्यक्रममा सरकारी सहयोग प्राप्त हुन नसकेको गुनासो व्यक्त गरे। \

भवानी आमा समुहकी अध्यक्ष समीक्षा कुँवर तथा कुँवर समाज समितिका बरिष्ठ उपाध्यक्ष वसन्तबहादुर कुँवरको संयु्क्त अध्यक्षतामा भएको कार्यक्रममा सपना सापकोटा कुँवरले स्वागत र भवानी आमा समुहकी सचिव लक्ष्मी कुँवरले संचालन गरेकी थिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।