पोखरा महानगर सञ्जालले सूचनाको हकका लागि पोखराका ३३ वटै वडाका टोल–टोलमा उपसमिति विस्तार गर्ने भएको छ।
सूचनाको हक पोखरा महानगर सञ्जालको हालै बसेको पहिलो बैठकले वडालगायत टोल–टोलमा उपसमिति विस्तार गर्ने निर्णय गरेको समितिका सचिव सागर कार्कीले जानकारी दिएका छन्।
आम नागरिक सुसुचित हुन पाउने अधिकारलाई महानगर सञ्जालले घरघरमा सचेतना जगाउन पनि महानगर समितिले यस्तो निर्णय गरेको पोखरा महानगर समितिका अध्यक्ष अनिल थापाले बताए।
त्यस्तै, सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्की सञ्जालको पहिलो बैठकले दिपक आचार्य, यदुनाथ बञ्जारा र रेशम खड्कालाई सल्लाहकारमा चयन गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएका १०२ वटा शव मध्ये २१ जनाको पोस्टमार्टम…





