पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ जलबिरेमा फेला परेको अजिंगरको उद्धार गरिएको छ।
मुग्लिन–पोखरा सडक विस्तारका क्रममा फेला परेको अजिंगरलाई डिभिजन वन कार्यालय तनहुँले उद्धार गरेको हो। सडक आयोजनाअन्तर्गत काम गरिरहेका कामदारले अजिंगर देखेपछि डिभिजन वन कार्यालय तनहुँमा खबर गरेको थियो।
वनको टोलीले अजिंगरलाई उद्धार गरी डिभिजन वन कार्यालयको खोरमा सुरक्षित राखेको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। उक्त अजिंगरको तौल १० केजी र लम्बाइ ६.५ फिट रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







