नेपाल महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित




घरेलु नेपालको टोलीले साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ।

नेपाल समुह ‘बी’ बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो।

नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको हो। श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो।

नेपालका लागि अमिषा कार्कीले २, रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी, दिपा शाहीले १/१ गोल गरे।

नेपालका लागि खेलको १० औं मिनेटमा रश्मीले पहिलो गोल गरेकी थिइन् भने खेलको ११ औं मिनेटमा सरुले दोस्रो गोल गरेकी थिइन्।

त्यस्तै, नेपालका लागि तेस्रो गोल खेलको १७ औं मिनेटमा अमृताले गरेकी थिइन् भने पहिलो हाफको अतिरिक्त समयमा दिपाले नेपालका लागि चौथो गोल गरेकी थिइन्। नेपालका लागि पाँचौं र छैटौं गोल अमिषाले गरेकी थिइन्।

नेपालले आफ्नो पहिलो खेलमा भुटानमाथि ४–० गोल अन्तरले जित निकालेको थियो । त्यस्तै, भुटानले श्रीलंकालाई ५–० ले पराजित गरेको थियो।

समुह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका छन् भने श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

त्यस्तै, समुह ‘ए’ बाट भारत र बंगलादेश अन्तिम खेल अघि नै सेमिफाइनलमा पुगिसकेका छन्। समुह ‘ए’ को अन्तिम खेल मंगलबार हुनेछ र यसै खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ। यस खेलपछि नै नेपालसँग सेमिफाइनलमा कुन टिमसँग खेल्ने भन्ने टुंगो लाग्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।