नेपाली राष्ट्रिय यु–१७ फुटबल टोलीले फाइनलमा आफ्नो स्थान पक्का बनाएको छ।
गएराती सम्पन्न खेलमा घरेलु टोली श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो।
खेल सुरु भएदेखि नै नेपालले श्रीलंकालाई दबाबमा राख्दै पहिलो हाफमा ४–० गोलको अग्रता लिएको थियो।
कप्तान प्रशान्त लक्ष्यमले पहिलो हाफको २१ औं मिनेटमा पाएको पेनाल्टी प्रहारलाई गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसको लगत्तै २३ औं मिनेटमा हरिष भट्टले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए। खेलको ३० औं मिनेटमा सुभाषले गरेको गोल र ३७ औं मिनेटमा निरज कार्कीले गरेको गोलबाट पहिलो हाफमा नेपालले ४–० को अग्रता लिएको थियो।
दोस्रो हाफमा थप २ गोल गर्दै नेपालले श्रीलंकामाथि सानदार जीत निकाल्दै फाइनल यात्रा तय गरेको हो। यसअघि, नेपालले भुटान र भारतलाई पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का बनाएको थियो।
अब, नेपालले फाइनलमा फेरी भारतसँग सामना गर्नेछ। भारत सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलसम्म आइपुगेको हो। फाइनल खेल भोली बुधबार श्रीलंकामा हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






