राप्रपाः संसदीय समिति गठन


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित





काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ । आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ ।

पार्टीका नेता तथा कार्यकर्ताले साङ्गठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको छ । यसअघि अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन

परिचालन कमिटीसमेत गठन गरिएको थियो । त्यसैगरी निर्वाचनका लागि घोषणपत्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थालगायतका सैद्धान्तिक पक्ष, आर्थिक, सुरक्षा, परराष्ट्र नीतिलगायत विषयलाई उक्त घोषणापत्रमा समेटिएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

निर्वाचनका लागि देशभर विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको उक्त पार्टीको विधानमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक तीन महिनामा एकपटक बस्नुपर्ने, केन्द्रीय कार्यसमितिलगायत अन्य तहका बैठक वर्षमा एकपटक बस्नुपर्ने व्यवस्था छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।