आज भदौ २९ गते अर्थात राष्ट्रिय बाल दिवस।
मुलुकभर बिभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ।
दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ।
नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेपछि त्यसयता हरेक वर्ष भदौको २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आएको छ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






