पोखरा–५ मा स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन वडाको सूचना


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. ५ ले स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन सूचना जारी गरेको छ।

जिरो किमीदेखि बागलुङ राजमार्गसम्मका स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन वडाले निर्देशनसहितको सूचना प्रकाशित गरेको हो।

मापदण्ड विपरित निर्माण गरिएका वडाभित्रका सडक दायाँबायाँ रहेका स्थायी, अस्थायी टहरा हटाउन वडाले पहिलो पटक मंगलबार सूचना जारी गरेको हो।

सूचना जारी भएको ७ दिनभित्र पनि मापदण्ड विपरतका संरचना नहटाए वडा ले नै हटाउन बाध्य हुने र कानुन बमोजिम हटाउँदाको खर्च समेत सम्वन्धित सरोकारवाला व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।