पोखरा महानगरपालिकाको वडा नम्बर ४ र ९ ले वडाभित्रको फुटपाथ पसल र अनधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेका छन्।
महानगरको वडा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीसँग वडा–४ का देवकृष्ण पराजुलीले फुटपाथ र अनधिकृत संरचना हटाउन (सोमबार) संयुक्तरुपमा सूचना जारी गरेका छन्।
वडाध्यक्षद्वय मर्सानी र पराजुलीले जारी गरेको सूचनामा उक्त क्षेत्रका अनधिकृत संरचना हटाउन ७ दिनको म्याद दिइएको छ। सूचनामा स्वयं निर्माणकर्तालाई संरचना हटाउन अनुरोध गरिएको छ।
निर्धारित समयभित्र संरचना नहटाएमा कानून बमोजिम हटाइने सूचनामा उल्लेख गरिएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







