साफ यु–१७ च्याम्पियनसीपः नेपाल–भारत फाइनल खेल्दै


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित




साफ यु–१७ च्याम्पियनसीपको फाइनलमा आज (बुधबार) नेपालले भारतको सामना गर्दैछ।

श्रीलंकाको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे फाइनल खेल सुरु हुनेछ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो। भारतले भने समूह चरणमा नेपालसँग ३–१ गोलले हारेको थियो। त्यस्तै, समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको थियो।

१७ वर्षमुनिको नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतसँगको फाइनल खेल कठिन हुने तर उत्कृष्ट खेल्ने बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।