कास्कीको रूपा गाउँपालिका–२ स्थित शिवालय माविकी करिना ओझाले वक्तृत्वकला प्रतियोगितामा ह्याट्रिक गरेकी छिन्।
रूपा गाउँपालिकाद्वारा ५८ औँ बाल दिवसका अवसरमा बुधबार आयोजित ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम भएसँगै उनले ह्याट्रिक गरेकी हुन्।
यसै शैक्षिक सत्रमा मात्रै उनले यसअघि गोनेसा नेपाल र पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानद्वारा रूपा गाउँपालिकाभित्रका विद्यालयबीच सम्पन्न वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी थिइन् उनी शिवालय बाल क्लबकी अध्यक्ष पनि हुन्।
बाल दिवसका अवसरमा आयोजित सो प्रतियोगितामा रामकोट माविकी सजिता अधिकारी, अरुणोदय आविका विश्वास विक र विश्वशान्ति माविकी सफलता हायु राई क्रमश: दोस्रो, तेस्रो र सान्त्वना भएका थिए।
यसैबीच, बाल दिवसकै अवसरमा रूपा गाउँपालिकाभित्रका विद्यालयहरूबाट २०७८ को एसईई परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये सर्वोकृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
जसअनुसार शिवालय माविका धिरज सुनार छात्रतर्फ र सोही विद्यालयकी कृति ओझाले छात्रातर्फ सर्वोत्कृष्ट अंक ल्याएबापत पुरस्कृत भए। धिरजसँगै छात्रतर्फ समान जीपीए ३.२५ ल्याउने विश्वशान्ति माविका आदर्श घिमिरे पनि पुरस्कृत भए। यसअघि पनि शिवालयकै छात्र/छात्रा दुवैतर्फ उत्कृष्ट जीपीएसहित पुरस्कृत भएका थिए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिक्षाका क्षेत्रमा पढाइका अलावा विद्यार्थीको प्रतिभा प्रस्फुटनमा पनि गाउँपालिकाले प्रयास गर्दै आएको बताए।
शिक्षा शाखा प्रमुख सन्दप पौडेलको सञ्चालनमा भएको कार्यक्रममा वक्तृत्वकला प्रतियोगितातर्फ बृहस्पति अधिकारी, सीता सापकोटा र मनोज पौडेल निर्णायक रहेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







