पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले ५८ औँ अन्तर्राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।
कार्यक्रममा विद्यार्थीले विभिन्न रचना तथा नृत्यहरु प्रस्तुत गरेका थिए। यसैगरी, उक्त कार्यक्रममा विद्यालयको वार्षिक क्यालेन्डर अन्तर्गत अतिरिक्त क्रियाकलमामा रहेका विभिन्न विधाहरुका प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा शैक्षिक विधा अन्तरगत प्रथम त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले संचालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







