बलेवा । सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिनुभयो, ढालानाथ ।
बागलुङ नगरपालिका–११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि ढालानाथ पौडेलको घर छ । उनलाई यो घर छोड्न पटक्कै मन छैन । तर ज्यान नै जोखिममा राखेर घर कुर्न उनले सकेन्न । सात सन्तानका पिता ढालानाथलाई जीवनको आधा समय तीनै छोराछोरी हुर्काउन लाग्यो । बुढ्यौलीमै भए पनि दुःख–सुख गरेर बनाएको दुईतले घरमा दैवको आँखा लाग्यो ।
केही दिनयता उनी ७० वर्षीया श्रीमतीसहित आफ्नो घरभन्दा केही तल छिमेकीको घरमा बस्दै आएका छन । उनको मनले घर छाड्न मानिरहेको छैन । त्यसैले त दिनमै दशपटक त्यही घरको आँगनमा पुगे ।
भदौ २० गतेदेखि तल्लो रामतोलाको उपल्लो भेग चर्किन थालेको थियो । पाखोबारी, घर, गोठ, सडक र चौतारी जताततै जमिन चर्किने र स–साना पहिरा खस्ने गर्न थालेपछि ढालानाथको मन चर्किएको थियो । भदौ २१ गते गाउँमाथिबाट ठूलै पहिरो जान थालेपछि गाउँमा कोलाहाल मच्चियो । ढालनाथ गोठमा भैँसी दुहुँदै थिए । घरजस्तै थियो गोठ पनि ।
गाउँभरि धाँजा फाटेपछि सम्भावित जोखिमको आकलन गरेर गाउँ पुगेका वडाध्यक्ष ज्ञानेन्द्र गौतमलगायत गाउँका समाजसेवीले उनलाई भैँसी दुहुँदादुहुँदै तानेर ल्याए । भैँसी फुकाए र सुरक्षित ठाउँमा पु¥याए । पत्थर माथिको समथर जमिनमा कहिल्यै यस्तो पहिराको जोखिम होला भनेर आफूले कल्पना नगरेको उनी सुनाउछन ।
भदौ २२ गते गाउँमाथि रहेका पानीका ट्याङ्कीसहित ठूलो पहिरो खस्यो । तल्लो रामतोला गाउँमाथिको समथर बारीमा अड्एिको पहिराको माटोले रामतोलाका घर पस्ने जोखाना हेरिरहेको छ । घर छाडेर अर्कैको घरमा बसेको भए पनि आफ्नो थातथलोमा गइरहन मन लाग्ने पवित्राले सुनाए ।बागलुङ नगरपालिकाले पीडितलाई दैनिक उपभोग्य वस्तुको रूपमा चामल, दाल, नुन तेललगायतको खाद्यान्न वितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
घटनाका बारेमा प्रहरीले मुचुल्का पनि उठाएको छ । घटनाबारे यसअघि नगरपालिका, दैवीप्रकोप उद्धार समिति र सुरक्षा निकायसमेतले अनुगमन गरेको थियो । किसानको बारीका सुन्तलाका बिरुवा नष्ट भएका छन् । कोदोलगायतका अन्न पनि नष्ट भएको छ । पहिराले जोखिम भएपछि गाउँलेहरू त्रसित छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







