बेदकोट । महाकालीपारि दोधारा चाँदनी नगरपालिका–१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गरेका छन । उनले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जङ्गली जनावरबाट धानबाली कसरी जोगाउने भनेर उनका मनमा चिन्ता पलाएको छ । उनको जमिन नेपाल–भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टि जङ्गल छ ।
सोही जङ्गल भएर आउने जनावरबाट बाली जोगाउन अचेल उनी दिनरात टिन ठटाउने र होहल्ला गरेर जनावर धपाउनमा व्यस्त छन । वर्षौँदेखि जङ्गली जनावरको समस्या झेल्दै आएको हरिना गुनासो गर्छन । हरिनाको जस्तै जङ्गली जनावरकोे दुःख जङ्गलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश किसानले भोग्नुपरेको छ ।
स्थानीयलाई जङ्गली जनावरबाट बाली जोगाउन हम्मेहम्मे परेको छ । मेहेनत गरेर लगाएको खेती भित्र्याउने समयमा जङ्गली जनावरले खाएर सखाप पार्ने गरेको हरिना बताउछन । वर्षौँदेखि जङ्गली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी नगरपालिका–१ कै जग्गु धामीको गुनासो छ ।
जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युत् तार लगाउनुपर्ने किसानहरूको माग छ । जङ्गली जनावर नियन्त्रण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेकोे दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बू बताउछन । मेसिन बिग्रिएकाले विजुली तार जोड्न नसकिएको उनको भनाइ छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







