संविधान जोगाउन गठबन्धन सरकार बनेको हो : नेता सिंह


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित





काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताएका छन । काठमाडौँमा आज आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले तत्कालीन नेकपा सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरी दुई पटकसम्म संसद् भङ्ग गरेकाले संविधान जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन ।

तत्कालीन ्नेकपाको सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उनको भनाइ थियो । बागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको चर्चा गर्दै नेता सिंहले काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारीले खानेपानीसम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए । उनीहरू ढल र फोहरको व्यवस्थापन राम्रोसँग हुन नसकेकामा आक्रोशित भएका थिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।