मानव बेचविखनविरुद्धको सवालमा काम गरिरहेको संस्था शक्ति समुहले कमजोर आर्थिक अवस्थाले बीचमै विद्यालय छोड्न सक्ने बालबालिकाहरुलाई विद्यालयमा निरन्तरताको लागि शैक्षिक सहयोग गरेको छ।
शक्ति समुहले राष्ट्रिय बाल दिवसको अवसर पारेर पोखरा महानगरभित्रका ५ वटा ‘विद्यालयमा आज ‘ओ यु आर’को आर्थिक सहयोगमा सञ्चालित परियोजनामार्फत सो सहयोग उपलव्ध गराइएको हो।
पोखराका तालबाराही मावि, धर्मस्थली आधारभुत विद्यालय, सरस्वती आधारभुत विद्यालय, ज्ञानभुमि मावि र मसिना आधारभुत विद्यालयका २५ जना बालिकालाई झोला, पोशाक, स्विटर, जुत्ता, मोजा, कापी, कलम, क्यालकुलेटरलगायत एक वर्षको शैक्षिक सामग्री सहयोग गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







