पोखरा–६ बैदामस्थित नीलसागर सेवाश्रम पोखरालाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।
पोखरा–६ बैदाम निवासी केदार, रामजी, मीना र गोमा पहारीले आफ्ना बुवा शिवलाल र आमा नन्दमाया पहारीको स्मृतिमा आश्रममा रहेका अनाथहरुलाई खाद्यान्न सहयोग गरेका हुन्।
कास्की जिल्लाको मालपोत कार्यालयको पश्चिमपट्टी संचालनमा आएको आश्रममा एक वर्षदेखि विभिन्न जिल्लाका १८ जना अनाथ महिला/पुरुष बस्दै आएका छन्।
उनीहरुले चामल, दाल, तरकारी, बिस्कुटलगायतका खाद्यसामग्री प्रदान गरेको नीलसागर सेवाश्रम पोखराका सचिव राम जिसीले जानकारी दिए। सरिता खनाल अध्यक्ष रहेको उक्त संस्थाले सडकमा रहेका वेसाहारा एवं अनाथ महिला तथा पुरुषलाई ल्याएर संस्थामा राखी पालनपोषण गर्दै आएको छ।
सेवा आश्रममा स्याङ्जा, सुर्खेत, नेपालगञ्ज, काठमाण्डौंलगायतका जिल्लाका महिला÷पुरुष छन्। खाद्यान्न सहयोग कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी सदस्य रामचन्द्र बरालले आश्रममा रहेका अनाथ महिला तथा पुरुषका परिवारका सदस्य भेटिएको खण्डमा उनीहरुको जिम्मा लगाएर पठाउने गरेको जानकारी दिए। उक्त संस्थाको मुख्य कार्यालय नेपालगञ्जमा रहेको वताइएको छ। मनोक्रान्ति अभियन्ता डा.विकासानन्द सो संस्थाको संरक्षक हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







