महिला साफ च्याम्पियनसीपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज (शुक्रबार) नेपालले भारतसँग खेल्दैछ।
भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा हुनेछ।
४ पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसीपमा हालसम्म जित निकाल्न सकेको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साँढे ५ बजे सुरु हुनेछ। सेमिफाइनलमा फेरी एक पटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ।
यसअघि भारत समूह ‘ए’ को उपविजेता र नेपाल समूह बी को विजेता रूपमा अन्तिम ४ मा प्रवेश गरेका थिए।
यसअघि, बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले पराजित भएको थियो। दोस्रो, तेस्रो र पाँचौँ संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो। चौथो साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






