पाँचथर । जिल्लाका अगुवा सामाजिक अभियन्ता, लेखक एवं पत्रकार रामप्रकाश समथिङको बिहीबार साँझ निधन भएको छ । शरीरमा अक्सिजनको कमी, रगतमा ‘प्लेटलेस’ तथा रक्तचापमा कमी लगायत समस्या भोगिरहेका उनको उपचारका क्रममा झापाको विर्तामोडिस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो ।
विसं २०२६ माघ २९ गते जिल्लाको नांगीनमा जन्मेका समथिङ पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनको वास्तविक नाम रामबहादुर गुरुङ रहे पनि उनी समथिङ नामले चिनिएका थिए । फिदिममा रहेर हालसम्म उनका ५५ वटा कृति प्रकाशन भएका छन् ।
विशेषत उनले तथ्याङ्कीय विषयको सङ्ग्रह, रसरङ्गका विषयलाई समेटिएका उपन्यास, कथा सङ्ग्रहलगायत कृति प्रकाशन गर्दै आएका थिए । उनले एकै पटक २२ वटा कृति जिल्लाका पत्रकारबाट विमोचन गराराएका थिए भने चिकित्सकबाट समेत नौवटा कृति एकैसाथ विमोचन गराएका थिए । उनी सरकारको सिफारिसमा गत वैशाख १ गते जनसेवाश्री पदकबाट विभूषित भएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






