पोखरा महानगरपालिका वडा नं १४ मझेरिपाटन शिव मन्दिर को शुक्रवार उद्गघाटन गरिएको छ ।मन्दिरको गण्डकी प्रदेश का उपसभामुख श्रृजना शर्माले उद्घाटन गरेकि हुन् । मन्दिर उद्घाटन गर्दै उपसभामुख शर्माले सुखि नेपाली संमृद्द नेपाल निर्माण गर्न धर्म संस्कृतिको संरक्षण आवश्यक रहेको वताईन्। कार्यक्रममा विशेष अतिथि गण्डकीसभा सदस्य मिना गुरूङले मठमन्दिर निर्माणले जनतामा भक्ति मार्ग प्रति थप विश्वास वढाउने वताउदै सरकारवाट थप वजेटको पहल गर्ने वताईन्।
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वडा न १४ का वडा अध्यक्ष वोधराज कार्किले वडामा मन्दिर वन्नु राम्रो भएको वताउदै अब एयरपोटले पनि वडाको विकासमा ध्यान दिनु पर्ने वताए। कार्यक्रममा मन्दिरका सल्लाहकार रूद्दनाथ वरालले प्रदेशको वजेटवाट मन्दिर निर्माण भएकोमा खुसि व्यक्त गरेका थिए। कार्यक्रममा शारदा वरालले यस क्षेत्रमा मन्दिर बनी धेरै देविदेवताको मुर्तिहरू हुनु सवैका लागि राम्रो भएको वताईन्।मझेरिपाटन शिव मन्दिर निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष दुर्गा खत्रिले ९ लाख १६ हजार ७ सय २५ आम्दानि र ९ लाख ८० हजार ७ सय खर्च प्रस्तुत गरेकि थिईन्। जसमध्य गण्डकि प्रदेश सरकारवाट ५ लाख सहयोग प्राप्त भएको थियो। कार्यक्रम मझेरिपाटन शिवमन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष किसन कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसचिवव सारदा वराल र सञ्चालन प्रकाश शर्माले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







