पोखरा । नेकपा एमाले कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङलाई मातृ शोक परेको छ । गुरुङकी आमा मनकारी गुरुङको शुक्रबार राती ८४ वर्षको उमेरमा निधन भएको हो ।
झण्डै १ महिनादेखि अस्पतालमा उपचारार्थ भर्ना भएकी आमाको पोखराको फेवासिटी अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उहाँलाई ज्वरो आएका कारण अस्पताल भर्ना गरिएको थियो । त्यसअघि उहांलाई हेलिकोप्टरबाट ग्राण्डी इन्टरनेशनल हस्पिटल काठमाण्डौ लगि केहि दिन आई सि यू मी राखि उपचार गरिएको थियो ।
स्वर्गीय गुरुङका ४ छोरा र ४ छोरी छन् । आमाको अन्त्येष्टी बौद्द अर्घौं सदन रामघाटमा आइतबार गरिने जानकारी परिवारका सदस्यले दिएका छन् ।
कान्छी छोरी बेल्जियमबाट आई पूग्न समय लाग्ने भएकोले १ दिन कुर्ने सल्लाह भएको जेठा छोरा नन्दजंग गुरुङले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







